Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 6, 2024 समाज

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २२, काठमाडौँ । </b>जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।<br></p><p>मंगलबार खंलगादेखि भेरी नगरपालिका-६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका-६, गंगटियाका ३४ वर्षीय चालक मानबहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा एकै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।</p><p>जिप सडकबाट चार सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।</p>