साउन २४, काठमाडौँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् ।

विहिबार अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको आरोप लगाएका हुन् ।

अहिले ओली नेतृत्वको सरकार आएपछि खुकुलो मौद्रिक नीति ल्याएको भन्दै फरक व्यबहार देखाएको आरोप लगाएका हुन् ।

उनले भने- 'पछिल्लो समय गभर्नरसाबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।अहिले आफू निकट सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो ।'

August 8, 2024
समाज
गभर्नरले फरक व्यवहार देखाए- पुर्व अर्थमन्त्री पुन
By साझासवाल
2 मिनेट पढाइ