2026-06-16 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एआई भिडिओ भाइरल भएपछि अभिषेकले मुख खोले, औँठी देखाउँदै भने- स्टिल म्यारिड !

२०८१ श्रावण २८, सोमवार

साउन २८, काठमाडौँ । बलिउड अभिनेता अभिषेक बच्चनले पत्नी ऐश्वर्यासँग आफ्नो सम्बन्ध नतोडिएको जिकिर गरेका छन् । लामो समयदेखि चल्दै आएको डिभोर्सको चर्चाबारे उनले पहिलो पटक मुख खोलेका हुन् ।

हालै मात्र एउटा ‘एआई निर्मित’ अभिषेकको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले पत्नी सित डिभोर्स भएको बताएका छन् । यसलाई धेरैले आधिकारिक मानेपछि अभिषेकले प्रतिक्रिया दिन बाध्य भए ।

बलिउड युके मिडियासँग अन्तरवार्ता दिने क्रममा आफ्नो विवाहको औँठी देखाएर अभिषेकले भने, ‘स्टिल म्यारिड’ (अझै विवाहित छु) ।


त्यसपछि उनले थपे, ‘मलाई यस विषयमा अरू केही भन्नु छैन । तपाईँहरूले नै बढाइचढाइ गरिरहनु भएको छ । म बुझ्छु कि यस्तो किन गरिरहनु भएको छ । तपाईँहरूले केही स्टोरी फाइल गर्नुपर्ने हुन्छ । यो ठीक छ । हामी सेलिब्रिटी हौँ । यो हामीले ग्रहण गर्नुपर्छ ।’

तर, अभिषेकको यो बयानले फ्यानहरूको चित्त बुझाउन भने सकेको छैन । उनीहरूले औपचारिक डिभोर्स गरिनसकेको भए पनि धेरै समयदेखि अलग अलग बस्दै आइरहेका छन् । यस विषयमा अभिषेकले कुनै व्याख्या गरेनन् ।

हालै मात्र अभिषेकले एउटा इन्स्टाग्राम पोस्टमा लाइक गरेका थिए, जसमा डिभोर्स गर्नैपर्ने अवस्थाको विषयमा उल्लेख थियो । यसले गर्दा पनि उनी डिभोर्सको मनस्थितिमा रहेको आँकलन गरिएको छ ।

हालै मात्र मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक र ऐश्वर्या बेग्लाबेग्लै उपस्थिति जनाएका थिए । अभिषेक आफ्नो परिवारसँग गएका थिए भने ऐश्वर्या छोरी लिएर पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते