नाचघरमा अभिनय गर्दा-गर्दै कलाकार बिष्णुभक्त फुयाँलको निधन

साझासवाल
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/posts/ec17e1acbb78ca825c2e73ff9de37ff11483451320.jpg" style="width: 480px; float: left;">पुस १९, काठमाडौं । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका &nbsp;रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको मंगलबार निधन भएको छ । फुयाँलको राष्ट्रिय नाचघर जमलमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा-गर्दै निधन भएको हो ।</p><p>नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको थियो ।</p><p>चिकित्सकहरुले ६ः१० मा उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।</p><p>झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply