2026-10-02 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पहिरो खस्दा घर र चौपाय पुरियो

असार १८, खोटाङ | भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए । 

पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ । बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए ।

सडकबाट खसेको पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ । पहिलोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो