Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा नेपाली नागरिकको शव अलपत्र

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ ।

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु थापाको शव अलपत्र परेको हो । आफु बसिरहेको घरको चौथो तलाबाट खसेर थापाको मृत्यु भएको थियो । फागुन १६ गते दिन दयाल अस्पतालाले उनलाई मृत घोषणा गरेपनि उनको ठेगाना र आफन्त पता नलाग्दा शब बुझाउन र अन्तिम सस्कार गर्न नसकिएको प्रवासी नेपाली मन्चका केन्द्रिय नेता गोपाल थापाले बिजपाटिलाई जानकारी दिए ।

मृतकले अत्याधिक रक्सी सेवान गरेकोले घरको चौथो तलाबाट खसेको घर धनीले आफुलाई बाताएको थापाले जानकारी दिए । कहिले मृतकको घर दाङ भएको अपुष्ट जानकारी दिएको भएपनि बास्तबिक ठेगाना पत्ता नलाग्दा शव अस्पतालामा नै रहेको थापाले बताए ।

थापाका अनुसार मृतकको ठेगाना पत्ता लगाउन भारत स्थित नेपाली दुतावास मार्फत समेत प्रयास भईरहेको भए पनि ठेगाना पत्ता लाग्न सकको छैन । मृतक थापा लामो समय देखि दिल्लीमा बस्दै आएका थिए ।