पढ्न करिब 2 मिनेट लाग्छ

काठमाडौँ । काठमाडौंको गौरीघाटमा दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै अस्पतालमा नै छन् । उनको कम्मरमा दुइ गोली लागेको परिवार स्रोतले बताएको छ ।

बिहान ९ बजेर २० मिनेटमा गोली प्रहार भयो। गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो।

फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो।

‘मैले नै गोली हानेको हुँ’, फोन गर्नेको प्रहरीसँग दावी थियो। तर गोली कसले र किन चलायो भन्ने प्रश्नमा प्रहरी संग चित्त बुझ्दो उत्तर छैन ।

काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिदैँ आफूलाई फोन आएको स्वीकार गरे। तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन्। यति मात्र भने ‘अनुसन्धान जारी छ’ ।

यता गोली प्रहार बाट सख्त घाइते बनेका दावा लामाले अस्पतालको शैयाबाट नै दोषी बिरुद्ध कारवाहीको माग गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दरखास्त गरेको बताईएको छ । उनले दिएको जाहेरीमा राजन श्रेष्ठ र राम गिरिले आफुलाई ज्यान मार्ने नियतले गोलि प्रहार गरेको आरोप लगाएका छन् । राम गिरि दरबारमार्गमा रहेको ‘डेभाजु’ डिस्कोका सन्चालक हुन् । आफु बिरुद्ध झुट्टा मुद्दा लगाउदै आएका गिरीले नै ज्यान मार्ने नियतले गोली चलाउन लगाएको लामाको आरोप छ । कहिले काही भेटघाट हुदा कुनियतले हेर्ने धक्का दिने र आफ्नो दैनिक क्रियाकलापको समेत निगरानी राख्ने गिरीले नै हत्याको प्रयास गरेको लामाले जिकिर गरेका छन् ।

राम गिरी

राजन श्रेष्ठ

यस्तो छ लामाले प्रहरीमा दिएको जाहेरीको पूर्ण पाठ :