साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन ? (यस्तो छ कारण)

२०७४, १३ श्रावण शुक्रबार ०३:४९

अनिल अधिकारी | साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन दिन जनैपुर्णिमा परेको छ त्यस दिन निकै अशुभ भएको र ग्रहण लाग्ने भएकाले त्यस दिनको जनैपुर्णिमा आज मनाउन लागिएको हो । 

हिन्दु अनुयायीहरु हरेक रिति तथा चाडहरुलाई बेदमा आधारित भएर गर्छन त्यसमा पनि जनैपुर्णिमाको महत्व बेग्लै छ ।  हामीले मान्ने चाडहरुले फलदायी र धार्मिक महत्व बोक्ने हुँदा अशुभ दिनमा चाड मनाउनु राम्रो मानिन्न । रक्षाबन्धनलाई शास्त्रमा हरेक बिकृतिलाई जोगाउने वा गरिएका नकारात्मक कार्यलाई चोख्याउनेसम्मको कर्म भन्न सकिन्छ । अझ कतिपयले यसलाई पवित्रता र रक्षामा बाध्न गरिने नित्य कर्म पनि मान्छन । कुरा जे होस् सारमा भन्नु पर्दा रक्षा बन्धन एउटा पवित्र कार्य हो यो शुभ दिनमा गर्नु पर्छ भन्ने हो । 

भनिन्छ 'पवित्रतामा शक्ति हुन्छ ।' जहाँ पवित्र काम हुन्छ त्यसमा अदृश्य भगवान (शक्ति) को सदा बास हुन्छ । जनै पुर्णिमामा कपासमध्ये कुनै एकको रेसाबाट धागो निकाली जनै बनाइन्छ । त्यसमा पनि उक्त धागोलाई तेब्राउने, त्यसपछि फेरि अर्को पटक तेब्राइ, एउटा पवित्र गाँठो बनाएर फेरी त्यसलाई पनि ६ धर्साको सम्मिलन गराई एउटा जनै बनाउने गरिन्छ । शास्त्रको कुरालाई मान्ने हो भने जनैका ९ तन्तुमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, मारुत, सूर्य र सर्वदेवता बसेका हुन्छन् । नियम अनुसार जनै बनाएर लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । जनैपुर्णिमा जनैसँग महत्व राख्ने पर्व भएकाले जनैको बिषयमा कुरा उठाईएको हो । 


यो पटकको जनैपूर्णिमाको सम्पूर्ण धार्मिक कृत्य नागपञ्चमीको दिन अर्थात आज मनाइने शास्त्रीय निर्णय अनुसार नै आज जनैपुर्णिमा परेको हो । आज पूर्णिमा हैन, किन पञ्चमी र पूर्णिमा एकैदिन मानियो ? भन्ने पनि धेरै छन् । जुन दिन मान्नुपर्ने हो त्यो दिन जनैपूर्णिमा जस्तो पवित्र काम गर्न उपयुक्त नभएकाले नाग पंचमीको दिन सार्ने निर्णय गरिएको हो । यसलाई अनुयायीहरुले सकारात्मक मानेका छन् । धार्मिक मान्यता अनुसार दोष परेको दिन जबर्जस्ति कर्म गर्दा त्यसको असर देखिने र अनिष्ट फल मिल्ने बताइएको छ । 

जनैपुर्णिमा गुरु र शिष्यको सम्बन्धमा पनि उत्तिकै महत्वपूर्ण दिन हो । जनैपूर्णिमा साउन २३ गते नगरिए पनि त्यस दिन पर्ने पूर्णिमाको व्रत, कुम्भेश्वर मेला र गोसाइकुण्डको मेला भने श्रावण शुक्ल पूर्णिमाकै अर्थात साउन २३ गते सोमबारनै हुनेछ । २३ गते लाग्ने चन्द्रग्रहण रातिको समयमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ