पढ्न करिब 1 मिनेट लाग्छ

साउन २२, काठमाडौँ । नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ ।

पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो । संबाद डबली अनामनगर, काठमाडौंमा भएको कार्यक्रममा सम्मान गर्दै महिला बालबालिक तथा समाजकल्याण मन्त्री आशा कोइरालाले अधिकारी र सुब्बाको कामले अरुलाई प्रेरणा प्रदान गरेको बताइन् । त्यसैगरी, समाजसेवी वषन्त थेबे लिम्बु र चलचित्र निर्मात्री शान्ता बखिम थेबेद्वारा संचालन गरेको हेल्प लेस बालआश्रमलाई मञ्चले ४० थान टिसट तथा पढ्ने डेस्क प्रदान गरेको छ ।

कार्यक्रममा मञ्चका अध्यक्ष दिनेशा लिङ्देनद्वारा निर्देशन गरिन लागिएको चलचित्र ‘शान्ति’को शूभसाइत पनि भएको थियो ।

कलाकारहरु सुदिता लिङ्देन, सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, संजिब थेबे लिम्बु, अजय खडका आदिको मुख्य भूमिका रहेको उक्त चलचित्र यहि हप्तादेखि छायांकन गरिने निर्मात्री शान्ता बखिम थेबेले जानकारी दिएकी थिइन् ।