Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्याक्सीमा प्रिन्टर मेसिन जडान: बिल पाउँदैनन् यात्रु

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, काठमाडौँ । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन ।

ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् ।

काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुप¥यो । रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा रु १५० सम्म पर्छ । उहाँ न त मिटरमा जान पाउनुभयो, न बिल नै पाउनुभयो ।

लैनचौरबाट नक्साल जान नवीन काफ्लेले रु १५० तिर्नुप¥यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन । उहाँलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटरबिनै रु १५० लिए ।

यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयाँै यात्रु ट्याक्सीबाट ठगिरहेका छन् । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०÷१२ जना प्रहरीलाई खटाइरहेको छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउनुहुन्छ । “दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”– प्रमुख खनाल भन्नुहुन्छ ।

महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२÷७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए । कारबाही परेका ट्याक्सीको राजश्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरेपनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण आफूहरुले यात्रुलाई बिल दिन नसकेको बताउनुहुन्छ । “महँगो शुल्कमा कमसल खालाका प्रिन्टर जडान गरेर काम गर्दा धुलो पसेर अधिकांश प्रिन्टर बिग्रिसकेका छन्, हामीले कसरी यात्रुलाई बिल दिन सक्छौँ,”– अध्यक्ष गौतमले भन्नुभयो ।

ट्याक्सीलाई बिल जडान गर्ने नाममा कमसल मेसिन भित्र्याएर राज्यको रु १४ करोड विदेशिएको भन्दै मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । हाल काठमाडौँ उपत्यकामा नौ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् ।

यस्तै नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिको संयुक्त टोलीसमेत अनुगमनमा खटिएको छ । उक्त टोलीले गुडिरहेका ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटरमा गुडिरहेको छ की छैन् भनेर अनुगमन गर्नेगर्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजु सात हजार ३०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको बताउनुहुन्छ । “विभिन्न कम्पनीका मेसिन बजारमा आएका छन्, कमशल मेसिन जडान गर्दा चाँडै बिग्रेको हो,”– प्रमुख ध्वजुले भन्नुभयो ।

ध्वजुले प्रत्येक मिटरमा वारेन्टी रहेकाले तत्काल नबिग्रिने उल्लेख गर्नुभयो । उहाँले ट्याक्सी उपयोग गर्ने यात्रुलाई बिल लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो । रासस