पढ्न करिब 2 मिनेट लाग्छ

साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विराटनगर, जनकपुर, रौटहट र नेपालगन्जमा खटिएको टोलीलाई वरपरका जिल्ला पनि हेर्ने गरी जिम्मेवारी दिएको बताउनुभयो । डा गुणनिधि शर्मालाई विराटनगर, भीम सापकोटालाई जनकपुर, सागर घिमिरेलाई रौतहट र परशुराम श्रेष्ठलाई नेपालगन्जको लागि नेतृत्व गर्न जिम्मेवारी दिइएको हो । उहाँहरुसँग अन्य दुई जना स्वास्थ्यकर्मी पनि हुुनुहुन्छ ।

विपद्मा घाइते तथा विस्थापितको तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन मन्त्रालय प्रतिबद्ध भएको मन्त्री पोखरेलको भनाइ छ । मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मीलाई विपद् अवधिभरका लागि हुने तालीम, गोष्ठी, बिदा वा अन्य कार्यक्रम स्थगित गरी उद्धार र उपचारमा खट्न निर्देशन जारी गरेको छ ।

स्वास्थ्य सचिव डा किरण रेग्मीले बाढी र पहिरोले धेरै क्षति गरेको स्थानमा भने पुग्न अझै समस्या रहेको बताउनुभयो । उहाँले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, जण्डिस, टाइफाइड, हेपाटाइपटस र सर्पदशंलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

सात दिन निःशुल्क स्वास्थ्य सेवा

चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले प्रभावित जिल्लाका सबै अस्पतालमा सात दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यान राखी पानी उमालेर र शुद्धीकरण गरेर पिउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७÷०१—४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ सम्र्पक गरी सहयोग समन्वय गर्न पनि सबैलाई आग्रह गरेको छ । रासस