भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

२०७४, २ भाद्र शुक्रबार ०७:२४


 भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोपाखामा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत सुरु गरेका हुन् । उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ