२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिकाको समग्र विकासका लागि कानून ल्याइँदै

२०७४, २९ भाद्र बिहीबार ०९:४४

भदौ २९, काठमाडौँ। महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ । 

राष्ट्रिय बाल दिवस–२०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसद्मा पठाइने जानकारी दिनुभयो । 

मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताउनुभयो । 

महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद्मा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर ९बाग्लुङ०, कैलाश ठाकुृर ९नवलपरासी०, मेघराज भट्ट ९प्यूठान०, रामनाथ भट्टराई ९तनहुँ०, पार्वती अधिकारी ९धादिङ०, बद्रीप्रसाद लम्साल ९मकवानपुर०, रामप्रसाद सुवेदी ९कञ्चनपुर०, लालबहादुर ओली ९बाजुरा०, प्रकाश अधिकारी ९इलाम०, लुमनाथ लामिछाने ९गोरखा०, भोलानाथ योगी ९दाङ०, रामबहादुर हायु ९सिन्धुली० र शेरसिंह खड्का ९कैलाली०लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ