पढ्न करिब 2 मिनेट लाग्छ

भदौ ३१, काठमाडौं | १ किलो सुन ? मान्छेलाई १ तोला सुन पाउँदा पनि रमाइलो लाग्छ तर एक किलो पाउँदा कति खुसि लाग्ला ?

बजार भाउकै कुरा गर्ने हो भने १ तोला सुनको मूल्य ५७ हजार माथी छ । अब आफै हिसाव गर्नुस १ किलोमा ८५.७ तोला सुन हुन्छ भने १ किलो सुनको मूल्य कति पर्ला ? लगभग ४९ लाख ।

कुरा ख्यातीप्राप्त दैनिक पत्रिका कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको हो । यसपाली कान्तिपुर दैनिकको कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको बिजेता कलंकीकी ५० वर्षीया गृहिणी कमला रिजाल हुन सफल भएकि छन् । कमलालाई शुक्रबार घोषणा गरिएको बम्पर पुरस्कारले ठूलो खुसि दिएको छ । बडादसैंको पूर्वसन्ध्यामा उनले ‘कान्तिपुरकोस्वर्णपुर’ ग्राहक योजनाको बम्पर पुरस्कार बापत १ किलो(८५.७ तोला) सुन प्राप्त गर्न सफल भएकी हुन् ।

आज कान्तिपुर दैनिकले लेखे अनुसार बम्पर पुरस्कारको लक्की ड्र शुक्रबार कान्तिपुर टीभीमा ४ बजेपछि लाइभ देखाउने कुरा कमलालाई पनि थाहा थियो । टिभी हेरौं भनेर टीभी हेर्न खोजेकी कमला बिजुली गएपछि बारीतिर ओर्लिइन् तर पछि घरको फोनमा कुनै अपरिचितले १ किलोसुन परेको खबर सुनाउंदै बधाई दिएका थिए ।

कान्तिपुर पत्रिकाको ग्राहक बनेर प्राप्त गरेको सुन बिक्री गरी छोरीलाई एमडी पढाउने कमलाको योजना छ । ‘छोरीलाई पैसा तिरेर डाक्टर पढाएँ, अब सुन बिक्री गरेर एमडी बनाउनेछु,’ उनले भनिन् ।

कान्तिपुरले चैतदेखि थालेको ६ महिने कान्तिपुरको स्वर्णपुर ग्राहक अभियानको समापन कमल पोखरीस्थित सिटी सेन्टरमा गरिएको थियो । त्यहाँ गरिएको लक्की ड्रमा कमलाको ग्राहक

रसिद नम्बर ८३५२३ छानिएको थियो । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।