Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

११ कक्षामा अध्ययनरत बिद्यार्थीद्वारा आत्महत्या, म्यासेजमा भेटियो रहश्य

By साझासवाल 3 मिनेट पढाइ

असोज १, काठमाडौँ | काठमाडौँको सामाखुसीस्थित भवानी पेट्रोल नजिक एक जना बिद्यार्थीले होस्टलमै आत्महत्या गरेका छन् |

मोर्गन कलेजमा ११ कक्षामा अध्ययनरत १७ बर्ष सुमन तामाङले ३ ताला माथि घरको छतमा डण्डीमा पासो लागाई आत्महत्या गरेका हुन् | मृतक तामाङ सिन्धुली नालापानीका हुन् | बसुन्धारा स्थिति मोर्गन कलेजमा अध्यनरत तामाङ सामाखुसीको प्यासन ब्वाइज होस्टलमा बस्दै आएका थिए |

प्रहरीले सोसाइड नोट नभेटेपनि उनको मोबाइलमा एक संदेश फेला परेको छ | उनको मोबाइलमा भेटिएको म्यासेजको आधारमा प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको बुझिएको छ | तामाङको मोबाइलमा संगीता भन्ने युवतीले म्यासेजमा लेखेकी छन् – ' किन के भयो ? किन त्यसो लेख्नुभयो ?', Please Don't do that.'  भन्ने सन्देश भेटिएको होस्टलका वार्डेन पुष्पराज पहराईले जानकारी दिएका छन् | उनका अनुसार पढाईमा मेहनती तामाङ कम बोल्ने स्वभावका थिए | सोमबारदेखि परिक्षा भएकाले सनिबार राति पौने १० बजेसम्म पढ्दै गरेका तामाङ राति हराएपछी साथीहरुले समेत खोजी गरेका थिए | राति नभेटिएका उनलाई आइतबार बिहान होस्टलकै छतमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो |

उनको आत्महत्याको बिषयलाई लिएर बिहानैदेखि सामाजिक संजाल फेसबुकमा 'आत्महत्यानै समस्याको समाधान होइन' भन्दै फोटोहरु ट्याग भाइरल भएका छन्  |

- तश्विर: चन्द सिङ अदै /साझा सबाल