२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचनको हत्यामा संलग्न ५ जना पकाउ, हत्याको कारण खुल्यो

२०७४, २८ कार्तिक मंगलवार ११:३६

कात्तिक २८, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गौचनको हत्यामा संलग्न भएको अभियोगमा नुवाकोट पञ्चकन्याका राजिव स्याङताङ, पर्साका शिवजी महतो र सन्तोष गुरुङ, भारत बिहारका मुकेशकुमार पाण्डे र काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो ।  पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ ।

सुटरसहित सहयोगीहरु पक्राउ परेपनि हत्याका मुख्य योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए । बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् ।


मागजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । तर, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन । भारतबाट चोरी गरेर ल्याइएको मोटरसाइकलमा नेपाली नक्कली नम्बर प्लेट राखेर योजनाबद्ध तरिकाले गौचनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

घटनामा संलग्न समिरमानसिंह बस्नेत, मनोज पुन, बोका भनिने गंगा लिङदेन, श्यामबहादुर गुम्बे, कालेदाइ भनिने अम्बरबहादुर राना, रोशन बुढाथोकी अजय थापा र लोप्साङ नामका ब्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।

 नेपाल निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको गएको असोज २३ गते शान्तीनगरमा गोली हानी हत्या भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो