२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार यी ३२ जिल्लामा सवारीसाधन चलाउन नपाइने

२०७४, ९ मंसिर शनिबार १०:१६

मंसिर ९, काठमाडौं । पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि (आइतबार) सवारीसाधन बन्द हुने भएको छ ।

३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यो क्षेत्र भएर चल्ने सवारी प्रभावित हुने भएको हो ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएकोले सोही अनुसार तयारी गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४  का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का  रूकुम (पूर्वी भाग) र  रोल्पा, प्रदेश नं ६  का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,  तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडी जिल्लामा चुनाव हुँदैछ ।

बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ । 

भोलि मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । 

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्ने छैन । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु