पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १३, काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदुत सैयद हम्दान नक्पितले नेपालमा लगानी तथा सहयोग सम्भावनको अध्ययन गर्न यूएईबाट उच्च स्तरीय प्रतिनिधिमण्डल आउन लागेको बताएका छन् ।

बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग भेटवार्ताको क्रममा राजदूत नक्पितले केही समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको यूएई भ्रमणका क्रममा भएको छलफलका आधारमा यूएईबाट टोली आउन लागेको जानकारी दिएका हुन् ।

‘लगानी सम्भावनाको अध्ययन गर्न उच्च स्तरीय प्रतिनिधिमण्डल नेपालमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लगत्तै आउँदैछ’, राजदूतले भेटवार्तामा भनेको कुरालाई उल्लेख गदै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘यूएईका जनप्रतिनिधिहरुले नेपालको निर्वाचनलाई चासोका साथ हेरिरहेका छन् ।’

भेटवार्ताका क्रममा राजदूतले नेपालमा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा भव्य रुपमा सम्पन्न भएकोमा बधाई ज्ञापन समेत गरे ।