२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाइ ध्यानाकर्षण गराउन ट्राफिक जामसँग सम्वन्धित विभिन्न माग राख्दै माइतिघरमा प्रदर्शन हुने

२०७४, १४ माघ आईतवार ०३:२१

प्रज्वल पौडेल/माघ १४, काठमाण्डौ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम बढ्दै गएको छ । 

पछिल्लो समय सार्वजनिक विदाका दिन पनि सवारी चाप बढ्नुले ट्राफिक प्रहरीको कार्यशैलीप्रति सवारी प्रयोगकर्ता असन्तुष्ट रहेका छन् । सडक व्यवस्थापन नहुँदा सार्वजनिक सवारी साधन प्रयोग गरेर गन्तव्यमा पुग्ने यात्रुहरु मारमापरेका छन् ।

काठमाडौं उपत्यकामा प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, साँघुरा सडक र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापन गर्न जटिल र चुनौतीपूर्ण रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तर्क रहेको छ । 


यसैविच राजधानीमा ट्राफिक जामले नागरिकलाइ परेको समस्या प्रति सरकारले चासो नदेखाएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन लागिएको नेपाल युवा संस्था संजाल (आयोन) का अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 

उहाँले आयोनको नेतृत्वमा विभिन्न सामाजिक संघ संस्था तथा युवा क्लबले सोमबार दिउँसो २ बजेबाट माइतिघर मण्डलामा ट्राफिक जामसँग सम्वन्धित विभिन्न माग राख्दै सार्वजनिक प्रदर्शन गरिने बताउनुभयो । उहाँ भन्नुभयो – "ट्राफिक जामको समस्या पूर्णरूपमा नियन्त्रण गर्न कठिन हुने भएपनि केही सरल उपाय अपनाएमा निकै हदसम्म यो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।"


महतले "हामी सबैको रहर ट्राफिक जाम मुक्त शहर" भन्ने नाराका साथ संचालन हुन लागेको उक्त अभियानमा सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्था तथा युवालाइ सहभागी भएर एक्यवद्धता जनाइदिन आग्रह समेत गर्नु भएको छ ।

महतका अनुसार उक्त सार्वजनिक प्रदर्शनीका मागहरु यस्ता रहेका छन् ।

 

१. २० वर्ष कटेका गाडीहरुलाई काठमाण्डौवाट हटाउने सरकारी निर्णयको प्रभावकारी कार्यन्वयन गर ।

२. वातावरण मैत्री गाडीको प्रवन्ध गर ।

३. सार्वजानिक यातायातमा प्रर्याप्त लगानी गर ।

४. पैदल यात्रीलाई सुरक्षित्र सडकको व्यवस्था गर ।


५. ट्राफिक नियमको प्रभावकारीरुपले कार्यन्वयन गर ।

६. प्रर्याप्त पार्किङ्गको व्यवस्था गर ।

७. साईकल, मोटर साईकल तथा स्कुटरको लागि छुट्टै सडकको प्रवन्ध गर ।

८. सडक मर्मत कार्य छिटो गर ।


९. प्रर्याप्त आकासे तथा जमिन मुनीको पुल निर्माण गर ।

१०. प्रर्याप्त जेव्रा क्रसिङ्ग तथा ट्राफिक लाईटको प्रवन्ध गर ।

११. नयाँ गाडी दर्ता कार्य वन्द गर ।

१२. सिट क्षमता भन्दा वढी राखेर यात्रा गराउने सवारी चालकलाई कारवाही गर ।


१३. मोनो रेलको व्यवस्था गर ।

१४. सडक दुर्घटनावाट वचाउने सवै उपायहरुको अवलम्वन गर ।

१५. अपाङ्गगता मैत्री सडकको निर्माण गर ।

१६. सडक तथा सवारी साधनभित्र हुने लैङ्गिक हिंसा अन्त्य गर ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार