२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न पत्रकार महासंघ काठमाडौंको माग

२०७४, १५ माघ सोमबार ०३:३८

माघ १५, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । 

निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत महासंघ काठमाडौं शाखाले माग गरेको हो । 

दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको सुनिश्चित नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम विडारीले बताए । 

शाखाको नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेका विस्तारित बैठकपछि जारी घोषणापत्रमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम रु ३० हजार मासिक तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क श्ययाको व्यवस्था गर्नुपर्नेलगायतका समेत माग राखिएको छ । 

यसैगरी सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिलेसम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ । 

यस्तै प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाहरुको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित ढंगले गर्नुपर्ने, नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक वर्षमा प्रेस काउन्सिलको वर्गीकरणमा समावेश गर्नुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाउनुपर्ने तथा अनलाइन मिडियालाई व्यवस्थित गराई लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गर्नुपर्ने समेत माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार