२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काम नगर्ने ठेकेदारलाई कानूनी कारवाही गरिने

२०७४, २८ फाल्गुन सोमबार १०:२२

फागुन २८, काठमाडौँ | सरकारले ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर कडा कानूनी कारवाही गर्ने भएको छ । 

काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था र सुधारका बारेमा आज आयोजित छलफल कार्यक्रममा सहभागीले अधिकांश सरकारी योजना ठेकेदारका ढिलासुस्ती र लापर्वाहीका कारण समयमै सम्पन्न हुन नसकेको बताउनुभएको थियो । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले गलत गर्ने र आवश्यक मापदण्ड पूरा नगर्ने ठेकेदार जुनसुकै राजनीतिक पहुँचका भए पनि कारवाही हुने बताउनुभयो । 

सरकारी काममा अन्तरनिकायगत समन्वय प्रमुख समस्या रहेको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “निश्चित समयावधि तोकेर आफ्ना काम सम्पन्न गर्नूस् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार छौँ ।” 

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले उपत्यकामा धुलोधुवाँ नियन्त्रणका लागि समयमै सडक निर्माण र मर्मत गर्न तथा सवारी साधनको उचित व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

सडक विस्तार भइसकेका स्थानमा तत्काल कालोपत्र गर्न बिजुलीका खम्बामा देखिएका अनावश्यक तारको व्यवस्थापन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “अब सबै कामको उच्चस्तरबाट नियमित अनुगमन हुन्छ ।” 

प्रधानमन्त्री कार्यालयका अर्का सचिव प्रेमकुमार राईले उपत्यकामा निर्माणाधीन कतिपय परियोजनामा मापदण्ड पालना गरेको नदेखिएकाले त्यसमा सम्बन्धित निकायले कडाइका साथ पालना गर्न लगाउनुपर्ने बताउनुभयो र तत्काल परिणाम देखिने गरी नमूनाका रुपमा काम गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । 

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बजेटको कमीले कुनै पनि विकास निर्माणका काम रोकिनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै स्रोत सुनिश्चितता भइसकेका कुनै पनि योजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले सडकमा रहेका सबै संरचना हटाइसकेपछि मात्र कालोपत्र गर्न सकिने भएकाले कालोपत्र गर्न केही ढिलाइ देखिएको बताउनुभयो । उहाँले सवारी साधनको प्रदूषण नियन्त्रणमा २०७५ वैशाख १ गतेदेखि नयाँ नियम लागू हुन लागेको जानकारी दिनुभयो । 

जनसंख्या तथा वातावरण सचिव प्रकाश माथेमाले काठमाडौँ उपत्यकामा प्रदूषणको प्रमुख कारण सडकको धुलो र सवारी साधनको बढ्दो चाप भएकाले यसको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायले अल्पकालीन र दीर्घकालीन योजना बनाई समाधान खोज्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा पनि सडक निर्माणमा ढिलासुस्ती गरेर ठेकेदारले दुःख दिएको गुनासो गर्दै त्यस्ता ठेकेदार विरुद्ध कडा निर्णय लिनुपर्ने बताउनुभयो । साथै उहाँले सडकमा बढ्दो सवारी साधनको चाप कम गर्न हाल कायम कार्यालयको सरकारी समयमा पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सबै सडक छेउमा भूमिगत रुपमा तारका लागि छुट्टै स्थान बनाएमा बिजुलीका खम्बामा अनावश्यक तार राख्ने झण्झटबाट मुक्ति मिल्ने सुझाव दिनुभयो । उहाँले त्यस्तो व्यवस्थाका लागि लाग्ने खर्च प्राधिकरणले व्यहोर्नेसमेत बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै सरकारी निकायका कामका बारेमा अनुगमन तथा नियमन हुने गरे पनि ठेकेदारको कामका बारेमा आवश्यक अनुगमन नहुने गरेको बताउनुभयो । 

ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले कतिपय काममा आधिकारिक निकायबाट समयमै निर्णय हुन नसक्दा काममा ढिलाइ हुने गरेको गुनासो गर्दै उपत्यकामा आवश्यक ट्राफिक बत्तीको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । 

कार्यक्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका तर्फबाट उपत्यकाका सडक विस्तारका क्रममा भए गरेका काम र गर्न बाँकी कामबारे जानकारी दिइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो