Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजदूत सुवेदी उपाध्यक्षमा चयन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९ काठमाडौँ | बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त समितिको उपाध्यक्षमा चयन गरेको हो ।

सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभाल्हो ल्यारिओले प्रस्ताव गर्नुभएकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होन्डुरस, एलसाल्भाडोर, कोलम्बिया र इथियोपियाका प्रतिनिधिले समर्थन जनाएपछि उहाँ उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

उक्त समितिको अध्यक्षमा जापानका मित्सुहिरो ताकायाङ्गी निर्वाचित हुनुभएको छ । नेपालले सन् २०१७ फेब्रुअरी २२ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो । सरकारले डा सुवेदीलाई सन् २०१७ जुन २९ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।