Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौलिक हकसँगै कर्तव्य पालना आवश्यक: प्रधानमन्त्री ओली

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १२ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उहाँले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गर्नुभयो ।

सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सूचनालाई अनावश्यक रुपमा गोप्य राख्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गोप्य भनेको उचित समयसम्म रहन्छ, सर्वकालीन हँुदैन ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सूचना माग्ने हक सरोकारवालाले पाउनुपर्छ तर सामाजिक मर्यादा, वैयक्तिक गोपनीयता र असम्बन्धित विषयका सूचना माग्नु सूचनाको हकसँग सम्बन्धित विषय होइन ।” सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा आयोगको आर्थिक वर्ष २०७३÷७४ वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्दै आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले गरेका कामको बारेमा जानकारी गराउनुभयो । उहाँले संघीय संरचनाअनुसार सातै प्रदेशमा आयोगको संयन्त्र स्थापना गर्न लागेको र त्यसमा सरकारको सहयोगका अपेक्षा गर्नुभयो । आयोगले यस आवमा ४९७ उजुरीमध्ये ४९४ फछ्र्यौट गरेको छ ।

आयोगले ७७ जिल्लामा सूचनाको हक सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ भने सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि यस आवमा चार हजार १४४ आदेश जारी गरेको जनाएको छ । आयोगले सूचनाको हकलाई विद्यालयस्तरका पाठ्यपुस्तकमा समावेश गर्न सफल भएको छ ।

सो अवसरमा आयोगका आयुक्तद्वय किरणकुमार पोखरेल र यसोदादेवी तिम्सिना, आयोगका सचिव मणिराम ओझालगायत कर्मचारी उपस्थित हुनुहुन्थ्यो ।रासस