मंगलबार बिहान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंगलबार बिहान "/>

२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन प्रकरण: गोरेले दिए यस्तो बयान, अब के हुन्छ ?

२०७५, ८ जेष्ठ मंगलवार ११:३६

जेठ ८,काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम हत्याका मुख्य अभियुक्त चूणामणि उप्रेती ‘गोरे’ले आफू ठूलो सुन तस्कर नभइ भरिया मात्र भएको बताएका छन् ।


मंगलबार बिहान पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएको समिति स्रोतले जानकारी दिएको छ।

बयानमा गोरेले भने, ‘मेरा बारेमात्र धेरै कुरा आए । मभन्दा माथि काम गर्ने अरु पनि छन् । उनीहरुको बारेमा पनि खोल्नु पर्छ ।’

बयानमा गोरेले फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको बताएका छन् ।

‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्या‍उने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन् ।

बयानमा गोरेले भने, ‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं ।’

उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन् ।

भुजुङ र उनको सालो छिरिङले आफूलाई फसाउन खोजेको र त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको गोरेले बताए ।

गोरेले आफूसँग मिलेर काम गर्ने केही व्यक्तिको बारेमा पनि समितिलाई सुचना दिएका छन् ।तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि छन् ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरेले दिएको सूचनाका आधारमा पक्राउ पर्न बाँकी भएकालाई कानुनी दायरामा ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन