Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालो हिरासहित लैनचौरबाट आठ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, काठमाडौँ | प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई आज दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ । रासस