२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

१६ जेष्ठ २०७५, बुधबार ११:४८

जेठ १६ काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ । 

ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् । 

गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहनुभएको छ । समितिलाई एक महिनाको समय दिइएको छ । 

यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न गठित समितिको संयोजकमा रघु मैनाली, सदस्यमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी सदस्य रहनुभएको छ । समितिको कार्यावधि एक महिना १५ दिन तोकिएको छ । समितिले अध्ययन तथा छानबिन गरी पेश गर्ने प्रतिवेदनको कार्यान्वयनबाट ती संस्थाको सुधारमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू