एसइई परीक्षाको नतिजा कहिले ?

साझासवाल

<p><b>असार ४, भक्तपुर । </b>माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।&nbsp;</p><p>परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।&nbsp;</p><p>परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छाँैं, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।&nbsp;</p>

Leave a Comment

Leave a Reply