पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार १८, काठमाडौँ | </b>मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । <br></p><p>काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिनुभयो । </p><p>बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । रासस</p>

