२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि काठमाडौँको सफाइ गर्दै ५ वटा नयाँ जेट मेसिन

२०७५, ३० भाद्र शनिबार १०:४६

भदौ ३०, काठमाडौँ | काठमाडौं महानगरपालिकामा शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका रहेको महानगरपाालिकाले जनाएको छ ।

५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् । थुनिएको ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ ।

यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन । हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरु प्रयोगमा ल्याइएका हुन् । मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिने महानगर पालिकाले जनाएको छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिनेछ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनप्रति सबैले जिम्मेवारी वोध गर्ने हो थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिने अवस्थाका वावजुद पनि महानगरले सहर सरसफाइका लागि अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको बताए । 


सन्दर्भ विश्व सरसफाइ दिवस: सडकमा जताततै फोहरको थुप्रो

–पूर्णप्रसाद मिश्र (रासस) | विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । 

वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ्गा महिला समूहलगायत २६ संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, महानगरपालिका–३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । 

आज विश्व सरसफाइ दिवस परेकाले सबै स्थानीय तहका वडामा सफाइ गरियो । सफाइ गरिए पनि सडकमा जताततै फोहर थुपारिएको देखिन्छ । महानगरपालिकाले सबै वडालाई दिवस मनाउन आह्वान गरेको थियो । 

वागमतीको मुहान सुन्दरीजलदेखि नै सफाइ अभियान चलाएको वागमती सुन्दरता सरोकार मञ्चले २४० औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको थियो । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिको सहभागिता थियो । 

सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने पाँच मेट्रिक टन फोहर त्यहीँ गाडिएको थियो भने नकुहिने एक मेट्रिकटन फोहर बाहिर व्यवस्थापनका लागि नगरपालिकाको सवारी साधनले लगेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । 

उक्त नदीको मुहानदेखिकै सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाका पनि सहभागिता थियो । 

रुद्रमती सफाइको २३४ औँ हप्तामा वडा नं ९ र ३० दुई समूहमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढीकोे सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो । 

विष्णुमती सफाइको २०६ औँ हप्तामा आज टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । 

वागमतीको सुन्दरीघाट खण्ड सफाइको ८९ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । यसैगरी मनोहरा सफाइको ७९ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । 

चक्रपथ सफाइको ७५ औँ हप्तामा गोङ्गबु–सामाखुशी–वसुन्धरासम्म सफाइ गरियो । तीनसय ५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । ‘डम्पिङ साइट’ को अभावमा चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उहाँले जानकारी दिनुभयो । 

आलोकनगर सफाइको ७५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । टोल टोलमा प्रहरी अभियानका साथै सफाइसँगै जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो । 

चक्रपथ बाफल खण्ड सफाइको ५७ औँ हप्तामा स्युचाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वागमती सफाइ महाभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ ।

विश्व सरसफाइ दिवस २०१८ 

विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो । 

स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था वा विभिन्न समूहले यो दिवसलाई अभियानका रुपमा मनाउँदै आएका छन् । ‘मानिसका लागि स्वच्छ गृह’ भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ महाँकालस्थित जनकल्याण माविको श्री जनकल्याण युवा क्लबले आफ्नो क्षेत्रमा सफइ गरे । 

क्लबले महाँकाल ओरालोको बस बिसौनीदेखि टुसाल महाँकाल रोड हँुदै महाँकाल मन्दिरसम्म सफाइ गरेको र यसमा स्थानीय बासिन्दले पनि साथ दिँदै क्लबलाई धन्यवाद दिए् । स्थानीयबासिन्दा स्वस्फूतरूपमा सफाइमा सहभागी भई क्लबका पदाधिकारी तथा विद्यार्थीलाई सहयोग गरेका थिए । यस कार्यक्रमका लागि क्लिन अप नेपालले क्लिन अप कीट उपलब्ध गराएको थियो । 

उक्त विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले भन्नुभयो, “आफ्नो छेउछाउ सफा राख्नु हामी सबैको जिम्मेवारी भएको र यो जिम्मेवारी पूरा गर्नसके स्वच्छ घर बनाउनुका साथै हामी आफै पनि स्वस्थ्य रहन सक्छौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ