२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री विष्ट र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

२०७५, ११ आश्विन बिहीबार १५:४१

असोज ११, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षाका बारेमा स्वीट्जरल्याण्डको अनुभवबाट नेपालले लाभ लिनसक्ने बताउनुभएको छ । 

मन्त्री विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापेलरले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले सामाजिक सुरक्षाको प्रभावकारी बनाउन स्वीस सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो । 

मन्त्री विष्टले वैदेशिक रोजगारका लागि ‘सुरक्षित आप्रवासन’ परियोजना (सामी) मार्फत स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्दै परियोजनाअन्तर्गत आप्रवासन सूचना केन्द्र र रोजगार सूचना केन्द्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली युवाका लागि वैदेशिक रोजगार बाध्यताका रुपमा रहेकाले वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई तालीम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी दक्ष र सीपयुक्त बनाएर पठाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

भेटमा उहाँहरुबीच नेपाल र स्वीजरल्याण्डबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामका विषयमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो । 

भेटमा राजदूत क्यापेलरले नेपाल सरकारले अघि सारेको कार्ययोजनाको प्रशंसा गर्दै स्वीस सरकार यसमा हातेमालो गरेर अगाडि बढ्न र सङ्ख्यात्मक सुधारका अतिरिक्त गुणात्मक नतिजा हासिल गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । 

उहाँले सुरक्षित आप्रवासनका अतिरिक्त अन्य क्षेत्रमा पनि मिलेर काम गर्न सकिने र यसका लागि आपसी छलफल, संवाद र सञ्चारलाई निरन्तरता दिँदै जानुपर्ने धारणा राख्नुभयो । 

सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाइ र धारणा रहेको उल्लेख गर्दै राजदूत क्यापेलरले स्वीस सरकारको सहयोगमा सञ्चालित सामी परियोजनामार्फत नेपाल र स्वीस सरकारबीचको सहकार्यलाई थप मजबुद पार्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो