२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

२०७५, १३ कार्तिक मंगलवार ०६:२६

कात्तिक १३, काठमाडौँ | आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराउनुभएको छ । 

सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराउनुभएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ । 

पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष विसं २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएकाले नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम पुनरावेदन पेश गरेको बताउनुभयो । 

सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । 

पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित कार्यालय प्रमुख वा सूचना अधिकारीलाई आयोगमा उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउनसक्ने प्रावधान छ । 

सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनको सन्दर्भमा गठन गरेको संसदीय समितिको गठन मिति, सङ्ख्या र गठन गर्दा लिएको आधारको प्रमाणी प्रतिलिपि, काङ्ग्रेस संसदीय समितिको बैठक हालसम्म कुन–कुन मितिमा कति पटक बसेको थियो र के–के निर्णय भएको थियो सो माइन्युटको प्रमाणित प्रतिलिपि काङ्ग्रेस संसदीय समितिले उम्मेदवार छनोट गर्दा लिएका आधार, अपनाइका प्रक्रियासहितको उम्मेदवारको नामावली माग गर्नुभएको थियो । 

सङ्ग्रौलालले भन्नुयभो, “पार्टीको शुद्धीकरण र सुदृढीकरणका लागि पार्टीका सबै निर्णय पारदर्शी हुनुपर्ने भन्दै आफूले मुख्यसचिव पौडेलसमक्ष सूचना माग गरे पनि उहाँले सूचना उपलब्ध गराउनुभएन, त्यसैले मैले पुनरावेदन गरेको हुँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा