Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लाइसेन्सको अनलाइन आवेदन प्रणालीले काम गरेन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ७, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन सकेका छैनन् ।

यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन नसकेका हुन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नचल्दा समस्या आएको हो ।

झण्डै एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए । यातायात व्यवस्था विभागका एक प्राविधिकले भने धेरै मानिसले एकैपटक आवेदनको प्रयास गरेकाले अनलाइन प्रणालीले लोड धान्न नसकेको बताए । ‘अहिले पनि केही रिक्वेस्टहरु आइरहेको छ, तर धेरै मानिसहरुले एकै पटक आवेदन गर्दा सिस्टमले काम नगरेको हो’ उनले भने ।

देशभरीको आवेदन एउटै सिष्टममा आउने भएकाले लोड धान्न नसकेको उनले बताए ।