Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भन्सारमै रोकियो ६७ लाखको चिनी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस&nbsp;१२, बाँके ।</b>&nbsp;भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो ।&nbsp;</p><p>गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो ।&nbsp;</p><p>सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिनुभयो ।&nbsp;</p><p>रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको बताउँदै उहाँले भन्नुभयो, “भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।” सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशीले बताउनुभयो ।&nbsp;</p>