Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँको रुद्रमती खोलामा डुबेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २४, काठमाडौँ | काठमाडौँको रुद्रमती खोलामा डुबेर आज एक जनाको ज्यान गएको छ ।&nbsp;<br></p><p>काठमाडौँ महानगरपालिका–५ स्थित भत्केको पुल नजीक रूद्रमती खोलामा डुबेर तेह्रथुम चौउन्नडाँडा घर भएका ५१ वर्षीय डिल्लीकुमार थपलियाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।&nbsp;</p><p>यसैबीच आज दिउँसो प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन् । बा२ख ८७१२ नंको ट्रकमा ओभरलोड बालुवा ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट डिउटीमा खटिएको प्रहरी टोलीले कागजपत्र चेकजाँच गर्दा घूस दिन खोजेपछि उदयपुरका ट्रक चालक छिरिङ लामा पक्राउ परेका हुन् । उनले ब्ल्यू बुकभित्र पैसा राखेर प्रहरीलाई दिएकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।&nbsp;</p>