Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २६, काठमाडौँ | वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ । केही दिनअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।</p><p>पुनः श्रम स्वीकृति दिने पोखरा कार्यालयको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले गर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले अन्य प्रदेशबाट पनि चाँडै पुनः श्रम स्वीकृति दिन थालिने बताए । उनले प्रदेश तहमा स्थापना गरिएका र गरिने कार्यालयले अनुगमनको काम पनि गर्ने बताए ।&nbsp;</p>