२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’

२०७५, ३० पुष सोमबार ०८:१८

पुस ३०, काठमाण्डौ | ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ । 

गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताउनुभयो । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिनुभयो । 

पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने प्रस्टयाउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । 

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै विभिन्न निकायले अवरोध सिर्जना गरेकाले पर्याप्त बजेट विनियोजन हुँदा पनि यसले गति लिन नसकेको बताउनुभयो । 

काठमाण्डौ क्षेत्र नं ८ का सांसद रामवीर मानन्धरले विगतमा राजनीतिक स्थिरताका कारण पुनःनिर्माण अलपत्र परेको उल्लेख गर्दै दुई तिहाइसहितको स्थिर सरकारले पुनःनिर्माण र राष्ट्र निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । 

कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोलले पुरातात्विक संरचनामा कुनै फरक नपर्ने गरी पुनःनिर्माणको अभियान थालनी गरिएको जानकारी दिनुभयो । पुनःनिर्माण समितिका अध्यक्ष बुद्धाचार्यले स्थानीय निर्वाचनपछि स्वयम्भू क्षेत्रको पुनःनिर्माणले तीव्रता पाएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाको संयोजनमा स्वयम्भू क्षेत्रको पुनःनिर्माण भइरहेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने