पढ्न करिब 1 मिनेट लाग्छ

माघ १, काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुनेगरी अश्लिल समाचार प्रकाशन गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्ने २४ वर्षीय श्याम रोका रहेका छन् । तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी थिइन् ।

शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसँग जोडेर केही अनलाइनले यौन दुर्व्यवहारसँग जोडेर समाचार प्रकाशन गरेका थिए । विवेकशील साझाका संयोजक उज्वल थापासहित १६ जनाले शुक्रबारमात्रै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

काठमाडौंको शान्तिनगर बस्दै आएका रोकालाई मंगलबार बुढानिलकण्ठ–६ बाट नियन्त्रणमा लिईएको महाशाखाले जनाएको छ ।

रोकामाथि विद्युत्तिय अपराध कसुर मुद्दामा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको बताइएको छ । रोका मुक्ति मिडिया प्रा.लि. र नेपालटक डटकमका सञ्चालन हुन ।