२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार

२०७५, १६ माघ बुधबार ०६:३३

माघ १६, काठमाडौँ | नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिलाको उपचार गरेको हो । 

यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले सो अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिँदै आएका थिए । सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन् । सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ । 

नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रीत परिवारलाई निशुल्क उपचार गरेपनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दे आएको बताउनुभयो । “नागरिकलाई सहुलियतका साथ उपचार गराउने उदेश्यले अस्पतालले सर्वसाधारणको उपचार गर्दै आएको छ,” उहाँले भन्नुभयो । प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ । यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा विशेष कक्ष भएपनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना