Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विमानस्थलबाट उनान्सत्तरी हजार डलरसहित २ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २१, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>नेपाल एयरलाइन्सको उडानद्वारा सोमबार बैंकक जान लागेका उनीहरुलाई परीक्षण गर्ने क्रममा अवैधरुपमा लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुमध्ये खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।&nbsp;</p>