Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल, हेटौंडा उपमहानगरपालिका–३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।

प्रहरीले २/२ जनाको समूहमा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ थान सुनको बाला, मोबाइल ३ थान र ल्यापटप २  बरामद गरेको छ । उक्त सूनको मूल्य करिब २७ लाख ५० हजार हुनेछ ।

राउत र पटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गबाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै केसी र राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई  सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।