Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि ४ राउण्ड गोली प्रहार

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ ।

प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो ।

महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ ।  तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन ।

अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो ।

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् ।

अपराध महाशाखाका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले एक विज्ञप्ती जारी गरेर पक्राउ परेकाहरु नख्खुस्थित एनसेल र बसुन्धारास्थित रोहन गुरुङको घरमा बम विष्फोट गराउने समूह भएको जानकारी दिएका छन् ।

विप्लव समूहका कार्यकर्ताले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराएका थिए ।