पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ७, काठमाण्डौ – बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । </p><p>मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सयमा कारोबार भएको सुनको भाउ बिहीबार प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो । </p><p>तेजावी सुन आज प्रतितिला ५९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।</p><p>यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । </p>

