२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ

२०७५, २० चैत्र बुधबार १०:३९

सिबी अधिकारी | चैत २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ गरेका हुन् । गत सोमबार रातिदेखि ‘रनवे रिह्याब‘ स्तरोन्नतिको काम शुरु गरिएको थियो । कार्यक्रममा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी तथा निर्माणको जिम्मा लिएको चिनियाँ र कोरियन कम्पनीका अधिकारीको उपस्थिति थियो ।    

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक पिच परिवर्तन गर्न लागिएको क्यानले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ । स्तरोन्नतिको काम थालिएकाले यही चैत १८ देखि तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले जनाएको छ । यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो । मर्मत अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन हुनेछ ।    

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक/पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार धावनमार्ग जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त विग्रिएको अवस्थामा छ ।  भूकम्पपछि धावनमार्गमा बढी समस्या आएको हो । धावनमार्गको कालोपत्र उप्कदा जहाज आकाशमानै ‘होल्ड’ गराएर मर्मत गर्नुपरेको छ । पछिल्लो समय अति विशिष्ठ व्यक्तिसमेत आकाशमा होल्डमा बस्नुपरेको छ ।    

धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । 

धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।

अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने विमानस्थलको धावनमार्ग मर्मतको काम निकै चुनौतिपूर्ण र कठिनकार्य भएको क्यान अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले बताए । उनले विमानस्थल सञ्चालनको समय आंशिक रुपमा छोट्याएर रातको समयमा काम गर्न लागिएको उल्लेख गरे ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुरेशमान सिंहले धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती हुने जानकारी दिए । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहजता आउनका साथै विमान होल्ड हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ ।

यसअघि पर्यटनराज्यमन्त्री बुढाले विमानस्थल मर्मतपछि हवाई सुरक्षा सुदृढ हुनुका साथै सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्षलाई सफल तुल्याउन पनि उपयोगी बन्ने विश्वास व्यक्त गरे । उनले विमानस्थलको पूर्वाधार विस्तार, सेवा सुदृढिकरण गरी विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्न आवश्यक तयारी गरिएको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु