२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारा–पर्सा आँधी: अध्ययन गर्न मौसमविद्को टोली जाँदै

२०७५, २० चैत्र बुधबार ११:०८

चैत २०, काठमाडौँ | आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ । सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जाने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए ।  

आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’(चरम स्थिति) भएको मौसमविद्को भनाइ छ । सानो क्षेत्रमा मात्र यो प्रणाली विकास भएकाले पनि बढी क्षति भएको बताइएको छ । प्रिमनसुनका समयमा मेघगर्जन, चट्याङ र वर्षासँगै हावासमेत चल्ने प्रक्रिया प्रायः सँधै हुने गर्छ । आइतबार साँझ भने एक्कासि आएको आँधीलाई हावाहुरी भन्न नमिल्ने मौसमविद् पोखरेलले बताए ।

अध्ययन र अनुसन्धानपछि मात्र व्याख्या र विश्लेषण गरिने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । यसको अनुसन्धानका लागि आँधी प्रभावित क्षेत्रमा अवलोकनका लागि मौसम विज्ञानको टोली बुधबार त्यसतर्फ जाने भएको हो ।

टोलीमा वरिष्ठ मौसमविद् सुजन सुवेदी, अर्चना श्रेष्ठ तथा सहायक मौसमविद् गोविन्द झा हुनेछन् । टोलीको अध्ययन र अनुसन्धानपछि प्रतिवेदनका आधारमा थप अध्ययन गरिने बताइएको छ । आँधीमा परी हालसम्म २८ जनाले ज्यान गुमाएको र ३८४ जना घाइते भएको थाहा भएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु