चैत २०, काठमाडौं । राष्टपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन् ।
बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उनले बताइन् ।
पछिल्लो समय हेलिकोप्टर खरिद र नेपाल प्रहरीले तालिम केन्द्रलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई लिएर राष्ट्रपतिकै आलोचना भएको थियो ।