Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन विमानस्थलबाट झन्डै ६ किलो सुनसहित चार जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २१, काठमाडौँ (रासस) | नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।&nbsp;</p><p>थाइल्याण्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् ।</p><p>थाइ एयरबाट नेपाल आएका उनीहरुले आवश्यकभन्दा बढी गरगहना लगाएको देखेपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले करीब रु दुई करोड ९६ लाख आठ हजार मूल्य बराबरको&nbsp; सुन बरामद गरेको हो । प्रहरीका अनुसार जतिनबाट एउटा बाला र एउटा सिक्री, सुनिताबाट ६ थान बाला र सिक्री दुई थान,&nbsp; बविताबाट ६ थान बाला र दुई थान सिक्री तथा सरिताबाट ६ थान&nbsp; बाला र दुई थान सिक्री बरामद गरिएको हो ।&nbsp;</p><p>पक्राउ परेकालाई अहिले गौशालास्थित प्रहरीवृत्तमा राखी अनुसन्धान भइरहेको छ ।</p>