Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री ओलीको आलोचना गर्ने दुई पूर्वसैनिकलाई कारबाही

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने दुई पूर्वसैनिक अधिकारीलाई नेपाली सेनाले कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो ।

सञ्चारमाध्यममा अनावश्यक टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ छ ।

उनीहरुले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरेका थिए ।

बस्न्यातले खल्तीबाट सेना परिचालन गर्ने केपी ओली को हुन् भन्दै प्रश्न समेत गरेका थिए ।

सैनिक अधिकारीले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ । अवकाशपछि पनि पूर्वअधिकारीलाई विभिन्न सेवा सुविधा दिइने भएकाले उनीहरु हत्तपत्त संगठनविरुद्ध बोल्दैनन् ।