पढ्न करिब 1 मिनेट लाग्छ

चैत २३, काठमाडौं । कतार एयरलाइन्सले शनिबार साँझको दोहा उडान नभर्ने भएको छ ।

चार मिनेटले गर्दा नेपाल एयरलाइन्सको विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो ।

कतार एयरवेजको ए ३३०-२०० शनिबार साँझ ७:५५ मा काठमाडौंबाट दोहा उड्नु पर्ने थियो । तर, उताबाट विमान आउन ढिला भएको भन्दै दुई घन्टा पछि सारियो । नेपाल एयरलाइन्सको विमान चार मिनेट ढिलो हुँदा उड्न नपाएको घटनालाई मध्यनजर गर्दै कतारले ९:५५ बजे उडान नगर्ने निर्णय लिएको हो ।

त्रिभवन अन्तराष्ट्रिय विमानस्थलको रन वे बनाउन राति १० बजेपछि उडान रोक्ने गरिएको छ ।