२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकतर्फी प्रेम: एक व्यक्तिले गरे घाँटी थिची महिलाको हत्या, माफ गरिदेउ भन्दै श्रीमानलाई फोन !

२०७५, २५ चैत्र सोमबार ०६:४६

चैत २५, काठमाडौं | एकतर्फी प्रेम गरेका एक व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । हत्यापश्चात ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर घटनाको बारेमा सूचना पनि दिएका छन् । यो घटना शनिबार भारतमा घटेको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गर्दै आरोपीलाई पक्राउ गरेको छ । महिलाका श्रीमानका अनुसार आरोपीले पहिले नै आफ्नी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गरिसकेका छन् ।

पुलिसले पाएको जानकारी अनुसार आगरा निवासी सौरभ त्यहाँको एक स्थानीय कम्पनीमा काम गर्छन् । गौच्छी नामको स्थानमा लक्ष्मण सिंहको घरमा कोठा भाडामा लिएर वन्दनासँग बस्दथे । त्यति नै बेला घर मालिकका छोरा पुष्कर उनको कोठामा आउजाउ गर्न थाले । यसका साथै, उनकी श्रीमतीलाई एकतर्फी प्रेम गरेर तनाव दिन थाले । त्यसकारण उनले कोठा परिवर्तन गरे तरपनि पुष्करले पिछा छोडेनन् । त्यहाँ पनि उनी घरको वरिपरि देखिन थाले । केही दिनअघि उनी घरमा आएर आफूलाई घरबाट निकालिएको भनेर रुन कराउन थाले । माया लागेर सौरभले उनलाई खाना खान दिए ।

त्यसपछि उनी लगभग सधैं झैं उनको घर आउजाउ गर्न थाले । उनी सौरभ काममा गएका बेला घरमा आउने गर्दथे ।

शनिबार दिउँसो करिब ११ बजे बन्दना सौरभलाई खाना दिन कारखाना गइन् । घर फिर्ता हुँदा पुष्कर आइरहेको श्रीमतीले फोनमार्फत सौरभलाई जानकारी दिइन् । त्यसपछि उनले केही बेरमा घर पुग्ने बताए । तर त्यसको केही बेरमै उनकी श्रीमतीको नम्बरबाट फोन आयो । पुष्करले फोनमा बन्दनाको हत्या गरेको जानकारी दिए । यसका साथै माफी पनि मागे । उनकी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गर्ने क्रममा विरोध गर्दा पुष्करले उनको घाँटी थिचेर हत्या गरेको सौरभले पुलिसलाई बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल