पढ्न करिब 1 मिनेट लाग्छ

चैत २४, काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम फेला परेको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका हुन् ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरमा तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।

उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वल्र्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।

हाल अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको छ । कार्यालयका सञ्चालक भने डम्बर विसी हुन् ।